दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–१ दानुगाड खोला किनारमा आज (आइतबार) एउटा चितुवा मृत फेला परेको छ।
स्थानीयले खोला किनारमा चितुवा मरेको देखेपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए। खबर पाएपछि डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीको टोली घटनास्थलमा गएको वन कार्यालयका निमित्त प्रमुख प्रमानन्द कुँवरले जानकारी दिए।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ।


















