म्यूजिक भिडियाे ‘सीमा मायाको’ सार्वजनिक

47

काठमाडौं । संगीतकार तथा गायक जीवन ढुंगेलको गीत ‘सीमा मायाको’ सार्वजनिक भएको छ । गीत जीवन ढुंगेल नामक युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक भएको हो ।

गीतमा गायक ढुंगेल र सारेगमपकी चर्चित गायिका रोशा फुयाँलको आवाज रहेको छ । गीतमा शब्द र संगीत पनि गायक ढुंगेलकै रहेको छ ।

गीतको एरेन्ज सुबिन सेञ्चुरी र रवि सुनारले गरेका छन्, भने भिडियोको एडिट आलोक वाग्लेले गरेका छन् ।

गीतमा प्रेमिल जोडीको कथालाई अत्यन्त सुन्दर ढंगले प्रस्तुत गरिएको छ । माया बसिसकेपछि छुट्न नपरोस् भन्ने भाव दर्शाइएको छ ।

गायक ढुंगेलले यसअघि नै थुप्रै म्युजिक भिडियो बजारमा ल्याइसकेका छन् । उनले चर्चित गायिका मेलिना राईदेखि प्रविशा अधिकारीसँग सहकार्य गरिसकेका छन् ।

गायिका रोशा फुयाँल चर्चित रियालिटी ‘शो’ सारेगमपकी फर्स्ट रनरअप हुन् । उनले पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here