काठमाडौं / काठमाडौं महानगपालिका-१६ माछापोखरीस्थित डिओदय बहुउद्धेशिय सहकारी संस्थाबाट नगद १५ लाख रुपैयाँ र सुनको औठी आधा तोला समेत गरी करिब १५ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल बिहीबार बिहान चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















