जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

92

महोत्तरी / १० वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पिपरा गाउँपालिका-१ ढेकाहा बस्ने ३६ वर्षीय लालबाबु महत्तोलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । बालिकालाई जबरजस्ती करणी गरको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सहोड्वा र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here