काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मुल्य घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा हवाई भाडा घटाएको छ ।
असार २० गते बुधवारदेखि लागू हुने गरी आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको प्राधिकरणले जनाएको छ ।
काठमाडौंबाट लामो रुट (८९.०९ मिनेट) धनगढीका लागि ६१५ रुपैयाँ भाडा कम भएको छ ।
प्राधिकरणको नयाँ सूची अनुसार काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार २६०९ र सिमराका लागि १२५ रुपैयाँ भाडा कम भएको छ ।
नेपाल आयल निगमले सोमबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर १४ रुपैयाँ कटौती गरेको थियो। १५० रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धनको मूल्य अहिले १३६ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

















