काठमाडौं । मंगलबार सुन र चाँदीको भाउ बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४००, तेजावी सुनको मूल्य तोलामा ३५० र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ ।
तेजावी सुनको भाउ एक लाख ९ हजार ५०० रुपैयाँबाट बढेर एक लाख ९ हजार ८५० रुपैयाँ पुगेको छ ।
यस्तै चाँदीको भाउ अघिल्लो दिनको तुलनामा तोलामा पाँच रुपैयाँले बढेर एक हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


















