सार्वजनिक जग्मा मास्न पाइँदैन भन्दै प्रदर्शन

85

काठमाडौं ।  सार्वजनिक जग्मा मास्न पाइँदैन भन्दै ललितपुर महानगरपालिका परिसरमा प्रदर्शन भएको छ। लगनखेल परिसरका २३ संघसंस्थाले प्रदर्शन गरेका हुन्।

उनीहरू लगनखेलबाट र्‍यालीसहित महानगर परिसरमा आएका थिए। ललितपुर महानगरले सार्वजनिक जग्गामा व्यापारिक भवन बनाउन निजी कम्पनीलाई ठेक्का दिएको भन्दै उनीहरू विराेधमा उत्रिएका हुन्।

वडा नम्बर १२ लगनखेलमा प्रहरी चौकी र वडा कार्यालय रहेको भवनलाई हटाएर सार्वजनिक जग्गामा व्यापारिक भवन बनाउन लागेको खबर पाएपछि स्थानीयहरूले केही महिनाअघि मेयर चिरीबाबु महर्जनलाई ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझाएपछि छलफलका लागि बोलाउने भने पनि अहिलेसम्म नबोलाएपछि उनीहरूले प्रदर्शन गरका हुन्। उक्त जग्गामा मच्छिन्द्र कम्प्लेक्स बनाउनको लागि महानगरले केबी एभी जोइन्ट भेन्चरलाई ठेक्का दिएको थियो। हेर्नूहोस् बर्षा शाहले खिचेका तस्बिरहरू:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here