जलवायु परिवर्तनका कारण रसुवामा डेंगीको बिरामी भेटिए

61

रसुवा । डेंगी सार्ने लामखुट्टे बिहान सूर्योदयभन्दा अगाडि र साँझ सूर्यास्तभन्दा पछाडि थोरै समय सक्रिय रहने गर्छ।

रसुवाको उत्तरी भूभागमा समेत एक जना डेंगीका बिरामी फेला परेका छन्। ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहले बिरामीलाई अस्पतालको अन्तरङ्ग कक्षमा राखी उपचार गरिरहेको जानकारी गराए।

समुद्री सतहदेखि दुई हजार मिटरको उचाइमा डेंगी रोगका बिरामी फेला परेपछि जिल्ला अस्पतालले लामखुट्टेप्रति सावधान रहन अनुरोध समेत गरेको छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढेपछि गर्मी स्थानमा मात्र हुने लामखुट्टे हिमाली क्षेत्रमा उक्लेको जनाइएको छ।

मेडिकल सुपरिटेन्डेन्ट डा. शाहले डेंगी सार्ने लामखुट्टे बिहान सूर्योदयभन्दा अगाडि र साँझ सूर्यास्तभन्दा पछाडि थोरै समय सक्रिय रहने भएकाले सो समयमा बढी सावधानी अपनाउनुपर्ने जनाए। उनले घरआँगन छेउका गोरेटो, घोडेटो लगायत पैदल वा सडक मार्ग सफा राख्न र पानी जम्ने स्थान माटोले पुरी पानीका भाडा छोपेर राख्न आग्रह समेत गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here