काठमाडौं । संसदमा जारी अवरोध हटाउन प्रमुख तीन दलका नेता सोमबार पनि छलफलमा जुट्ने भएका छन्।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको सहमति भाँडिर सदनको गतिरोध अन्त्य नभएपछि उनीहरु फेरि छलफलमा बस्ने भएका हुन्।
प्रितम सिंहबारे प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिप्रति जनाउँदै एमालेसहितका विपक्षी दलहरुले संसद अवरोध गरिरहेका छन्।
प्रधानमन्त्री कार्यालय सिंहदबारमा तीन नेताबीच कुराकानी हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। आइतबार प्रधानमन्त्रीको सम्बोधनपछि सदनको अवरोध खोल्न सुरुमा एमाले सकारात्मक भए पनि ओलीले विज्ञप्ति पढेपछि भाँडिएको बताइएको छ।
दिउँसो ३ बजे बैठक बस्ने बेलासम्म सहमति जुटाएर सदन खोल्ने तयारी भइहेको हो।
















