प्रधानमन्त्री कप एनभीए पुरुष भलिबल प्रतियाेगितामा आर्मी शीर्ष स्थानमा

127

काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा एपीएफलाई हराउँदै आर्मी फेरि शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेमाल आर्मीले एपीएफलाई ३-२ को सेटमा पराजित गरेको हो । पहिलो सेट हारे पनि आर्मीले दोस्रो, तेस्रो र पाँचौं सेट जितेको हो ।

आजको खेलमा दर्शकले आर्मीका दुई खेलाडीलाई उपनाम सहित अनुशासन नभएको खेलाडी भन्दै हुटिङ गरेका थिए ।

गत सोमबार गण्डकी प्रदेश भलिबल संघसँगको खेलमा भएको विवादपछि आर्मीका खेलाडीले दर्शकदीर्घामै गएर दर्शकलाई मुक्का हानेका थिए । त्यसकै विरोधमा दर्शकले हुटिङ गरेका हुन् ।

सोमबार विवादमा उत्रिने र झगडा गर्ने आर्मीका सबै खेलाडी आज पनि खेलेका थिए ।

यो जितसँगै आर्मीको ४ खेलबाट ११ अंक भयो । टिपटप हेल्प नेपालको समान ११ अंक भए पनि सेट प्वाइन्टको आधारमा उ तालिकाको दोस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here