काठमाडौ/ गत सेप्टेम्बर १८ मा भारतको उरीमा अज्ञात समूहबाट हमला भएपछि भारत र पाकिस्तानको सम्बन्धबीचको विवादले उत्कर्ष रूप लिइरहेको छ । सो हमलामा १८ जना भारतीय सैनिकको मृत्यु भएको विषयलाई लिएर भारतले पाकिस्तानमाथि आरोप लगाउादै प्रतिवादस्वरूप सीमा क्षेत्रमा हमला गर्दा दुई जना पाकिस्तानी सैनिकको मृत्यु भएको थियो । सो घटनामा नौ जना पाकिस्तानी सेना गम्भीर घाइते भएका थिए । भारतले सीमा क्षेत्रमा ‘सर्जिकल स्ट्राईक’ गरेको जनाएपनि पाकिस्तानले त्यसलाई अस्वीकार गर्दै आएको छ । साथै उक्त घटनाको स्वतन्त्र रूपमा पुष्टिसमेत हुन सकेको छैन । तथापि उक्त विवादका कारण दुई मुलुककाबीच युद्धको अवस्था सिर्जना हुन पुगेको छ । पाकिस्तानले उरी हमलामा आफ्नो संलग्नता अस्वीकार गर्दागर्दै पनि भारतले जबरजस्ती पाकिस्तानमाथि आरोप थोपरेपछि पाकिस्तान भारतसाग चिढिएको छ । भारत र पाकिस्तानकाबीचमा विवाद चर्कदै गइरहेका बेला पाकिस्तानले दुई साताका लागि लाहोर र करााचीको ‘एअरस्पेस’ बन्द गरेर युद्ध अभ्याास गर्न लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । पाकिस्तानको नागरिक उड्डयन तथा रक्षा मन्त्रालयका अधिकारीहरूले युद्ध अभ्यासका लागि ‘एअरस्पेस’ बन्द गरिएको जनाएका छन् । ती ‘एअरस्पेस’मार्फत दुई साताका लागि व्यापारिक उडान बन्द गरिएको जनाइएको छ । पाकिस्तानले पहिलो पटक यति लामो समयसम्म एअरस्पेस बन्द गरेर सैन्य अभ्यास गर्न लागेको हो । परमाणु हतियारले सुसज्जित दुई शक्ति मुलुकका बीचमा चर्किएको विवादले एशिया क्षेत्रमा त्रास सिर्जना गरिदिएको छ ।

















