दीपक बोहरा, मन्त्री– आपूर्ति
दशैंमा महागी त ह्वात्तै बढ्यो नि मन्त्रीज्यू ?
पहिलो कुरा त अहिले महागी पूर्ण रूपमा नियन्त्रण गरिएको छ । बढेको छैन । बजारलाई कडा रूपमा अनुगमन गरिएको छ । अखाद्य वस्तुहरू बेच्न दिइएको छैन । त्यसकारण यसपालीको दशैं र तिहार महागीबिनाको हुनेछ भन्ने कुरामा विश्वास गर्नुस् । हामीहरूले सम्पूर्ण रूपमा व्यवस्था गरिसकेका छौं ।
तपाईहरूको व्यवस्थापन मात्रै हो कि अनुगमन पनि गर्नु भा छ ?
हामीले १२ वटा अनुगमन टोलीबाट काम थालेका छौं । पहिलोपटक दशवटा नियमन गर्ने संस्थाहरूलाई एउटै छातामुनि राखेर आपूर्ति सचिवको नेतृत्वमा एउटा समिति नै बनाएका छौं । समितिले अहिले कडा रूपमा अनुगमनको काम गरिरहेको छ । त्यसैले अहिले कालोबजारी छैन । म्याद गुज्रिएका सामानहरू सिल गरिएको छ । यो बीचमा हामीले करिव ३ करोड मूल्य बराबरको म्याद गुज्रिएका अखाद्य वस्तुहरू नष्ट गरिसकेका छौं । अझै पनि हामी सशक्त रूपमा अनुगमन गरिरहेका छौं । लुकेर बदमासी गर्नेहरूले दशैं तिहार मान्न पाउने छैनन् भन्ने चेतावनी म दिन चाहन्छु ।
पछिल्लो समय मन्त्रीज्यू पनि सुस्ताउनु भयो भन्ने आम उपभोक्ताहरूको गुनासो छ ?
मैले यति प्रमाण पेश गरिसकें । अनुगमनका दृश्यहरू तपाईहरूले देखिरहनुभएको छ । बजारलाई पूर्ण रूपमा नियन्त्रणमा राखेका छौं । अनि उपभोक्ताहरूको गुनासो भनेर तपाईले आफ्नो मनको कुरा राखेर हुन्छ ?
अहिले पनि तरकारीलगायत अत्यावश्यक वस्तुहरूको मुल्य अकास्सिएको छ नि ?
म आफै बजारमा गएको छु । मलाई थोक विक्रेतादेखि साधारण पसलसम्मको मुल्यको बारेमा राम्रोसाग थाहा छ । माथिदेखि नै हामीले अनुगमन गरिरहेका छौं । तपाईले भनेजस्तो मूल्य अकास्सिएको छैन ।
तर पनि तपाईको निर्देशन त व्यापारीहरूले सुनेनन् नि त ?
पहिलो कुरा त के हो भने दशैंमा चाहिने ग्याासमा छुट गरिएकोबारेमा सार्वजनिक सूचना प्रवाह गरिएको छ । त्यस्तै तेल, नुन, चामल, दाल, आलुमा छुट गरिएको बारेमा सूचना सार्वजनिक गरिएको छ । मोबाइल भ्यानबाट पनि हामीले काठमाडौं, ललितपुर र भक्तपुरमा सेवा दिइरहेका छौं । अर्को कुरा बजारमा अहिले म्याद नाघेको वस्तु पाईदैन । उपभोक्ताको पहिलो चाहना भनेको स्वस्थकर सामान किन्ने हो, त्यो हामीले पूरा गरेका छौं । यदि अहिले पनि यस्तो भेटिए हामीलाई खबर गरेर सहयोग गर्नुपर्छ । उपभोक्ताले सहयोग गरेपछि हामी बजार नियन्त्रण गर्न तयारी अवस्थामा छौं ।
तपाई त आपूर्तिमन्त्री, नयाा नोट लिनको लागि पनि अहिले जनताले सास्ती पाएका छन् नि ?
हो, यसबारेमा पनि अर्थ मन्त्रालयसाग कुरा राख्छु । जनताले सहज रूपमा नयाा नोट पाउनुपर्छ । यसपालीको चाडपर्व हामीले मुल्यवृद्धिरहितको बनाउने प्रयास गरेका छौं । जनताले सुविधा पाउनै पर्छ । जनताको नयाा नोट प्रयोग गर्ने चाहना पनि आपूर्ति मन्त्रालयसाग सम्बन्धित नै हो । यसबारेमा म गर्भनर र अर्थमन्त्रीसाग कुरा राख्छु । पैसा साट्ने कुरामा सरकारले कन्जुस्याइा गर्नुपर्छ जस्तो मलाई लाग्दैन । तर कहीा कतै प्राविधिक रूपमा समस्या होला । यसबारेमा पनि हामी विशेष पहल गर्छौं । वितरण प्रणालीमा केही सुस्तता भए त्यसलाई सुधार गर्नुपर्छ ।
स्थानीय तहबारे दलहरू र आयोगबीच भएको पछिल्लो सहमतिमा यहााको पार्टीको पनि समर्थन हो ?
पहिलो कुरा त संविधान जारी गर्दा कांग्रेस, एमाले, माओवादी केन्द्र र हाम्रो पार्टी राप्रपाले धेरै संघर्ष गरेर ल्याएको हो । संविधान कार्यान्वयनको लागि तीन वटै निकायको निर्वाचन हुनुपर्छ ।
तर मधेशी मोर्चाले त चुनाव भन्दा पहिला संविधान संशोधन गर्नुपर्छ भन्यो नि ?
संविधान संशोधन प्रक्रियालाई सागसागै अघि बढाउनुपर्छ ।
अहिलेसम्म निर्वाचनको वातावरण बनेको छ त ?
मधेशी मोर्चाले पनि निर्वाचन हुनुहुादैन भनेको छैन । स्थानीय निकायको १७/१८ वर्षदेखि निर्वाचन हुन सकेको छैन । यो रिक्तता अब समाप्त गर्नुपर्छ । सबै राजनीतिक दलहरूले जिम्मेवारीबोध गरेर यसमा सहमति बनाउनै पर्छ ।
मधेशी मोर्चाविना चुनाव हुन्छ कि हुादैन ?
सम्पूर्ण दलहरूलाई साथमै लिएर चुनाव गर्नुपर्छ भनेर मैले भनिसकें । ग्रामीण क्षेत्रको विकासको लागि र ग्रामीण क्षेत्रका जनता समस्या समाधानका लागि स्थानीय निकायको चुनाव आवश्यक भइसकेको छ । संविधान संशोधन पनि सागसागै लैजाने अनि चुनावको पनि तयारी गर्ने काम गर्नुपर्छ ।
यो सरकारले पनि गफ मात्रै गर्यो, काम त गर्न सकेको छैन भन्न थाले जनताले ?
सरकारले काम गरिरहेको छ । निर्वाचन गराउनु नै यो सरकारको प्रमुख जिम्मेवारी हो । यो जिम्मेवारी बोकेका प्रमुख दलहरू कांग्रेस, माओवादी केन्द्र र राप्रपा संविधान जारी गर्दा अहं भूमिका निर्वाह गर्ने दलहरू हुन् । यी दलहरूले नै अन्य सबै दलहरूलाई एकै ठाउामा ल्याउने काम गर्नुपर्छ । यसमा सरकारको प्रमुख दायित्व रहन्छ । अब हुने तीन वटै निकायको चुनाव अत्यन्तै महत्वपूर्ण हो । यही जिम्मेवारीका साथ सरकार अहिले काम गरिरहेको छ ।
– प्रस्तुति– ऋषि धमला
















