मातृभाषाहरु बाच्ने आधार नेपाली भाषा भनेर दिएकाे अभिब्यक्तिप्रति आपत्ति

41

काठमाडौं । भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले नेपालका मातृभाषाहरु बाच्ने आधार नेपाली भाषा भनी सार्वजनिक रुपमा बोल्नु भएको अभिब्यक्तिप्रति आपत्ति जनाएका छन् ।

नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष एवं भाषिक अभियन्ता श्रीकृष्ण महर्जनले आयोगका अध्यक्षको भनाईप्रति आपत्ति जनाउदै तत्कालै उक्त भनाई फिर्ता लिन माग गर्नु भएको छ ।

महर्जनकाे अनुसार नेपालको संविधानले समेत नेपालमा बोलीन सबै भाषा राष्ट्रभाषा भनिएको अवस्थामा भाषा आयोगका अध्यक्ष ठाकुको उक्त कुरा बोल्नु मातृभाषी समुदायले घोर आपत्ति जनाउने जनाउनु भयो । बुधवार नवलपरासीमा भएको एक कार्यक्रममा भाषा आयोगका अध्यक्ष ठाकुरले नेपाली भाषा बाँचे मात्र अन्य मातृभाषा बाँच्न सहज हुने भन्नेको अर्थ नेपाली भाषाको पक्षमा चाकरी हो भन्दै महर्जनले भन्नु भयो ‘नेपालमा नेपाली भाषाको दबदवामा अन्य मातृभाषाहरु रहेका छन ।

भाषा आयोगले लोपउन्मुख भाषाका लागि भूमिका निर्वाह गर्नुपर्ने र नेपालका सबै मातृभाषालाई बचाउन र विकास गर्न भूमिका निर्वाह गर्नुपर्ने ब्यक्तिले नै नेपाली भाषा बाँचे अन्य मातृभाषा बाच्न सहज हुने भन्नु मातृभाषालाई दोस्रो दर्जाको भाषाको रुपमा परिभाषा गर्न खोजियो’ ।

भाषा आयोगका अध्यक्ष ठाकुरले सार्वजनिक रुपमा बोल्नु भएको यो विषयमा अव मातृभाषी समुदायले चासो लिई आवश्यक रुपमा भूमिका निर्वाह गर्नुपर्ने र स्वयं भाषा आयोगका सदस्यहरुले समेत गम्भीर रुपमा लिनुपर्ने नेवाः देय् दबू स्वनिगः प्रदेशका अध्यक्ष महर्जनले जनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here