काठमाडौं । सामाजिक, सांस्कृतिक, आर्थिकलगायत विविध पक्षमा जानकारी दिने उद्देश्यले लेखिएको पुस्तक ‘आत्म कथा’ सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमका बीच ९० वर्षीय लेखक प्रह्लादकृष्ण मानन्धरद्वारा लिखित पुस्तक ‘आत्म कथा’ सार्वजनिक गरिएको हो ।
पुस्तकको विमोचन प्रमुख अतिथि गौरी शंकर लालदासले गरेका थिए । पुस्तकबारे चर्चा गर्दै इतिहासविद् एवं त्रिभुवन विश्वविद्यालयका प्रा. डा. भवेश्वर पंगेनीले यसले नेपाली समाजको सामाजिक, सांस्कृतिक, आर्थिकलगायत विविध पक्षमा जानकारी दिने भएकाले यो इतिहासको महत्त्वपूर्ण स्रोत हुने बताए ।

















