शिवत् सिमेन्टकाे चौथो भिडियो सार्वजनिक

26

काठमाडाैं । नेपाली सिमेन्ट उत्पादक कम्पनी शिवत् सिमेन्टले आफ्नो चर्चित ब्रान्ड क्याम्पेन ‘क्वालिटी’को मामलामा ‘नो कम्प्रोमाइज’ अन्तर्गतको चौथो भिडियो सार्वजनिक गरेको छ ।

जहाँ एक जना जिम्मेवार डाक्टर जसले आफ्नो पारिवारिक भ्रमणमा निस्कनै लाग्दा आकस्मिक आएको बिरामीलाई अपरेसन गरी आफ्नो जिम्मेवारीलाई पूरा गरेको देखाउँदै जिम्मेवारीको मामलामा ‘नो कम्प्रोमाइज’ भन्ने सन्देश देखाइएको छ ।
यसअघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत कर्तव्यको मामलामा ‘नो कम्प्रोमाइज’ भन्ने सशक्त सामाजिक सन्देशमुलक प्रचार भिडियो सामग्री प्रस्तुत गरिएको थियो ।

यो भिडियोले समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रतिको चेतना फैलाउने उद्देश्य राखेको थियो । त्यस्तै, दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथा मार्फत सर्तकताको मामलामा ‘नो कम्प्रोमाइज’ भन्ने सन्देश दिन खोजेको छ ।

यो भिडियोले विश्वास पात्रहरूबाट हुनसक्ने धोका, छलकपटबारे सचेत गराउँदै, सामान्य जीवनका निर्णयमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको थियो ।

तेस्रो भिडियोमा जहाँ हाम्रो जीवनमा हुने एक/एक सेकेण्ड समयको महत्त्वलाई दर्साउन दुई साथीबीच एक जना समयमै आफ्नो यात्राका लागि एयरपोर्ट पुगिसकेको र अर्को एक जना आफ्नो जहाज उडान समय डिले हुने भन्दै निर्धारित समयसम्म घरै बसेको तर जहाज समयमै उड्न लागेको कुरालाई समयसँग जोडेर समयको मामलामा ‘नो कम्प्रोमाइज’ भन्ने सन्देश देखाइएको छ । उक्त सामाजिक सन्देश मुलक विज्ञापनहरु दर्शकहरुले अत्याधिक रुचाईएको थिए ।

शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ । ‘नो कम्प्रोमाइज’  भन्न जति सजिलो छ त्यतिनै व्यवहारमा पूरा गर्न गाह्रो छ, तर जसले पूरा गर्छ, उसको शिर सँधै ठाडो हुन्छ भन्ने सन्देशमार्फत, शिवम् सिमेन्टले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीति झनै मजबुत रूपमा प्रस्तुत गरेको जनाएको छ ।

शिवम् सिमेन्टले स्थापना कालदेखि नै केवल ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीले सधैं गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धमा विश्वास गर्दै आएको छ र जस्तोसुकै परिस्थितिमा पनि आफ्नो ‘नो कम्प्रोमाइज’को बाचा पूरा गर्दै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको जनाएको छ ।

‘गुणस्तरको पहिचान हो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’, ‘कर्तव्यको मामलामा नो कम्प्रोजमाइज’ जस्ता नाराहरूले शिवम् ब्राण्डको मूल सिद्धान्तलाई दर्शाउँछ ।

यसै प्रतिबद्धताको सम्मान स्वरूप शिवम् सिमेन्ट नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको दाबी गरिएको छ । जसले उत्कृष्ट गुणस्तरमा आधारित राष्ट्रिय पुरस्कार ‘एनएस क्वालिटी अवार्ड २०१९’ समेत प्राप्त गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here