कालिकोट । रास्कोट नगरपालिका-१ तामाकोट बस्ने धनगिर शाहीको घरमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा करिब ४ लाख ६१ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















