म राजतन्त्रवादी होइन गणतन्त्रवादीहरुले राम्रा कुरा राजाबाट सिके हुन्छ : पन्त

64

 

काठमाडौं ।  नेकपा एमालेका सांसद रघुजी पन्तले गणतन्त्रवादीले राम्रा कुरा राजाबाट सिक्दा पनि हुने जनाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पन्तले संगीतकार अम्बर गुरुङलाई भेट्न जाँदा उनले राजा महेन्द्र बाँचिरहेको भए नेपाली संगीत अझ फस्टाउँथ्यो भनेको सम्झँदै  यस्तो जनाएका हुन्।

‘उनले राजा महेन्द्रले संगीतमा दिएको ध्यान र गीतका लागि कलकारहरुलाई गरेको व्यवहारको प्रशंसा गरे। राजा महेन्द्रले नै प्रोत्साहन गरेकोले म यो क्षेत्रमा आएँ भने। अहिले संगीतलाई त्यति ध्यान दिँइँदैन कि भने’, पन्तले भने, ‘हाम्रो संस्कृति मन्त्रालय चाहिँ संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको भवन बनाउन छुट्याइएको १५ रोपनी जग्गा व्यापारीलाई लिजमा दिन्छ। किन कलाकारले राजा महेन्द्रलाई सम्झन्छन् ? म राजतन्त्रवादी होइन तर म के कुरमा विश्वास गर्छु भने गणतन्त्रवादीहरुले राम्रा कुरा राजाहरूबाट पनि सिके हुन्छ। ’

उनले प्रतिष्ठानको जग्गा व्यापारीलाई भाडामा दिने निर्णय तत्काल फिर्ता लिएर भवन बनाउने निर्णय गर्न सरकारसमक्ष माग गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here