ललितपुर महानगरको धुलो पखाल्न ‘रोड वासर कम स्प्रिङकल’ प्रयोगमा ल्याइने

67

ललितपुर । ललितपुर महनगरले सडकको धुलो पखाल्न दुई वटा ‘रोड वासर कम स्प्रिङकल’ प्रयोगमा ल्याएको छ ।

पानी ट्याङ्कीबाट निस्कने पानीको फोहोरले सडकको धुलो पखाल्छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सडकको किनारामा रोपिएको विरुवामा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको विरुवा पखाल्न यसको प्रयोग गरिने जनाउनुभयो ।

महानगरका प्रमुख महर्जनले  भन्नुभयो, ‘‘यो एउटा साधनले सडकको धुलो पखाल्ने, विरुवामा पानी हाल्ने र धुलाम्य भएको विरुवामा पानी हाल्ने काम गर्छ ।’’

नगर प्रमुख महर्जनले सफा र हरियाली स्मार्ट सडकको अवयव भएको बताउनुहुँदै सहरलाई सफा बनाउन र हरियाली प्रबर्द्धनका लागि यो साधन खरिद गरेको जानकारी दिनुभयो । ललितपुर महानगर एक करोड २२ लाख ८५ हजारमा ‘रोड वासर कम स्प्रिङकल खरिद गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले रोड वासर कम स्प्रिङकलले सहरलाई सफा बनाउन र सुन्दर बनाउन सहयोग गर्ने जनाउनुभयो । उहाँले भन्नुभयो, ‘‘महानगरपालिकाभित्र आवश्यकता अनुसार समय तालिका बनाएर प्रयोगमा ल्याउँछौं ।’’

प्राविधिकहरुका अनुसार यसले आगलागीको बेला आगो निभाउन सहयोग गर्नेछ । ललितपुर महानगरले यसअघि अव्यवस्थित ढङ्गबाट टाँगिएका तार काट्ने अग्लो मेसिन समेत प्रयोगमा ल्याइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here