साउनकाे पहिलाे दिन सेयर बजारमा हरियाली

55

काठमाडाैं । साेमबार सेयर बजारमा हरियाली देखिएको छ । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन साउन १ गते सेयर बजारमा हरियाली छाएकाे हाे ।

गत आर्थिक वर्षको अन्तिम कारोबार दिनको तुलनामा सोमबार सेयर बजार मापक नेप्से परिसूचक ४७।०७ अंकले बढेर २१४४.१६ बिन्दुमा पुगेको छ ।

सोमबार नेप्सेमा कुल २५७ कम्पनीको ७६ लाख ३४ हजार १ सय ९० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५६ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । सोमबार यस कम्पनीको १४ करोड ८६ लाख १९ हजार ४ सय ५५ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिनमै सेयर बजार भारी अंकले बढेपछि लगानीकर्ता थप उत्साहित बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here