दक्षिणपूर्वी एसियाली देश कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुनसेनले हस्ताक्षर गरी शुक्रबार जारी गरेको निर्देशनमा सामाजिक विकृति रोक्न तथा आमनिर्वाचन स्वतन्त्र एवम् निष्पक्ष वातावरणमा सम्पन्न गर्ने उद्देश्यले निषेधाज्ञा जारी गरिएको उल्लेख छ।
‘सबै कम्बोडियाली, विदेशी, व्यापारी र कम्बोडियाका बिक्रेताहरूलाई चुनावको एक दिन अघि र जुलाई २२ मा र निर्वाचनको दिन जुलाई २३ मा बिक्री र सेवनमा प्रतिबन्ध लगाइएको छ,’ निर्देशनमा भनिएको छ।
राष्ट्रियसभाका एक सय २५ सिटका लागि आइतबार हुने निर्वाचनमा १८ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने राष्ट्रिय निर्वाचन समितिले जनाएको छ। उक्त निर्वाचनमा ९७ लाखभन्दा बढी मतदाताले भाग लिनेछन्।
पाँच वर्षअघि भएको पछिल्लो आम निर्वाचनमा हुनसेनको सत्तारुढ कम्बोडियन पिपल्स पार्टी (सिपिपी) ले राष्ट्रियसभाका सबै एक सय २५ सिट जितेको थियो।

















