सेयर बजार फेरि ओरालो लाग्याे

88

काठमाडौं । सेयर बजार फेरि ओरालो लागेको छ। सेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक ८.११ अंकले घटेर २१५६.२० विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स २.०५ अंकले घट्यो।

अघिल्ला कारोबार दिन सोमबार  २६.६६  र  मंगलबार ३६.१९ अंकले सूचक घटेको थियो। सोमबार ४ अर्ब ७३ करोड र  मंगलबार  २ अर्ब ९१ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

यसदिन २६० कम्पनीको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७६९ रुपैयाँमा खरिदबिक्री भयो। आज कुनै पनि कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।

कारोबार रकमका आधारमा ग्लोबल आईएमई बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको १५ करोड बढि मूल्यको सेयर कारोबार भयो। शिवम् सिमेन्टको ९ करोड बढिको सेयर कारोबार गरी दोस्रो स्थानमा रह्यो।

कारोबारमा आएका १३ उपसमूहमध्ये १० मूल्य घट्यो भने ३ को मात्रै बढ्यो फाइनान्स,म्युचुल र अदर्श उपसमूहको सूचक बढ्दा बाँकी १० उपसमूहको सूचक नकारात्मक देखिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here