गजल

55
बाबुकाजी सुवाल भक्तपुर
साँढेलाई जता जान पनि छुट छ यहाँ
साधु गाईजनमाथि जताततै लुट छ यहाँ ।।१।।
बलियाले नै धावा बोल्ने हो निर्धामाथि
दुर्बलहरू आफूआफूमै सधैं फुट छ यहाँ ।।२।।
पापधर्म र न्यायअन्यायको रहेन कुरै
अधर्मी कुआत्माहरूको छुट्टै गुट छ यहाँ ।।३।।
चाहेरै सक्दैनन् शिर उठाउन इमानले
बेइमान, कपटीहरूको अभेद्य कुट छ यहाँ ।।४।।
थिच्न, मिच्न, किच्न र घिच्न सिपालु
सबैको आँखामा भ्रम छर्ने झुट छ यहाँ ।।५।।
२०८० साउन १६ गते मंगलबार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here