काठमाडौं । हकप्रद शेयर निष्काशनका लागि अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले साउन २६ गते बुक क्लोज गर्ने भएको छ।
नेपाल धितोपत्र बोर्डले गत असार २४ गते अपर तामाकोशीलाई १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिइसकेको छ । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपियाँ छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपियाँ पुग्नेछ ।
कम्पनीले २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माण गर्न हकप्रद शेयर मार्फत पूँजी संकलन गर्न लागेको हो । यसअघि नै कम्पनीले नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको जनाएको छ ।

















