काठमाडौं । केही दिनदेखि लगातार घटिरहेको शेयर बजार आज दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २१.२६ अंकले बढेको हो १.१३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९०४.४३ अंकमा पुगेको छ ।
आज २२६ कम्पनीका २४ लाख ५२ हजार ८४ कित्ता शेयर किनबेच हुँदा ९४ करोड ६० लाख ८९ हजार ५ सय २१.२२ रुपियाँ बराबरको कारोबार भएको हो । बजार बढेको दिन आज तारागाउँ रिजेन्सी होटल लिमिटेडका लगानीकर्ताले ९.८४ प्रतिशतले कमाउँदा लक्ष्मी इक्वीटी फण्डका लगानीकर्ताले सबैभन्दा बढी ६.५८ प्रतिशतले घाटा व्यहोरेका छन् ।


















