काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पीएचडी अध्ययनका लागि काठमाडौं विश्वविद्यालयबाट फेलोसिप पाएका छन् ।
बालेनले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए । विश्वविद्यालयले केयू रिचर्स फेलोसिपका लागि बालेनलाई छनोट गरेको हो ।
बालेनले काठमाडौं विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. श्यामसुन्दर खड्काको मातहतमा रहेर पीएचडी गर्ने काठमाडौं विश्वविद्यालयले जनाएको छ ।
यस्ताे रहेकाे छ बालेनले फेसबुकमा राखेको काठमाडौं विश्वविद्यालयको पत्र


















