काठमाडौं । गत वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा नेपालबाट ५५ जना विदेशी नागरिक नेपालबाट निष्काशनमा परेका छन् । यसरी निष्काशनमा पर्नेमध्ये आधा चिनियाँ नागरिक रहेको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ ।
विभागका अनुसार वैशाख २०८० देखि असारसम्म २१ जना चिनियाँ नागरिक नेपालबाट निष्काशनमा परेका छन् । नेपालमा गैरकानुनी गतिविधिमा संलग्न र भिसा अवधि सकिएपछि पनि ओभरस्टेमा परेका विदेशीहरु नेपालबाट निष्काशनमा पर्ने गरेका छन् ।

















