आइतबार अस्ट्रेलियाको सिड्नीमा भएको खेलमा दक्षिण अफ्रिकालाई २-० गोलले पराजित गर्दै नेदरल्यान्ड्सले अन्तिम आठमा स्थान पक्का गरेको हो।
नेदरल्यान्ड्सको जितमा जिल रोर्डले खेलको नवौं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाइन्।
६८ मिनेटमा लिनेथ वीरस्टेनले नेदरल्यान्ड्सको अग्रता दोब्बर पारेकी थिइन्।
अब सेमिफाइनल प्रवेशका लगि नेदरल्यान्ड्सले स्पेनसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।
नेदरल्यान्ड्स गत संस्करणको विश्वकपको उपविजेता हो। गत संस्करणको फाइनलमा नेदरल्यान्ड्सले अमेरिकासँग हार बेहोरेको थियो।