महिला विश्वकप फुटबलमा इंग्ल्यान्डले क्वार्टरफाइनल यात्रा पक्का

68

काठमाडौं । महिला विश्वकप फुटबलमा इंग्ल्यान्डले क्वार्टरफाइनल यात्रा पक्का गरेको छ। सोमबार ब्रिसबेनमा भएको खेलमा नाइजेरिया र इंग्ल्यान्डबीच निर्धारित र अतिरिक्त समय गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा इंग्ल्यान्डले ४–२ ले खेल आफ्नो पक्षमा पार्दै अन्तिम आठमा स्थान बनायो।

पहिलो पेनाल्टी मिस गरेको इंग्ल्यान्डले त्यसपछि सबै पेनाल्टी सदुपयोग गर्‍यो। तर, अग्रता बनाउँदै क्वार्टरफाइनल पुग्ने मौका पाएको नाइजेरियाले सुरुवाती लगातार दुई पेनाल्टीमा गोल गर्न चुकेपछि उसको क्वाटरफाइनल सपना समाप्त भएको थियो।

त्यसअघि दुवै टिमले गोलका राम्रा अवसरहरु सिर्जना गरेका थिए। दोस्रो हाफको अन्तिम समयमा इंग्ल्यान्ड १० खेलाडीमा समेटिएको थियो। इंग्ल्यान्डका लाउरेन जेम्स रातो कार्ड पाउँदै ८७ औँ मिनेटमा मैदानबाट बाहिरिँदा त्यसपछि निर्धारित र अतिरिक्त समय इंग्ल्यान्ड दबाबमा थियो। भिएआरको सहायतामा उनलाई रातो कार्ड दिएको थियो।

इंग्ल्यान्डको यो विश्वकपमा अन्तिम १६ मा तेस्रो जित हो। अब इंग्ल्यान्डले सेमिफाइनल प्रवेश भिडन्तमा जमैका र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here