न्यूयोर्कस्थित यूएनको नियोगका लागि नेपालको आवासीय प्रतिनिधिमा लोकबहादुर थापा नियुक्त

52

काठमाडौं । सहसचिव लोकबहादुर थापा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ (यूएन) को नियोगका लागि नेपालको आवासीय प्रतिनिधि तथा राजदूतमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले थापालाई सोमबार नियुक्त गरेका हुन् ।यसअघि उनी बेल्जियमका लागि नेपाली राजदूत थिए । थापाले परराष्ट्र मन्त्रालयमा उत्तर–पूर्वी एसिया महाशाखा हेर्दै आएका छन् । उनी परराष्ट्र सेवामा ३४ वर्षदेखि कार्यरत छन् ।

सरकारले तीन साताअघि थापासहित जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सको राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतको राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डको राजदूतमा धनबहादुर ओली र फ्रान्सको राजदूतमा सुधीर भट्टराईको नाम सिफारिस गरेको थियो ।

सबै सिफारिस राजदूतलाई गत साता ससदीय सुनुवाई समितिबाट अनुमोदन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here