डोल्पाबाट ६ क्वीन्टल बहुमूल्य जडिबुटी यार्सागुम्बा निकासी

119

डोल्पा । गएको आर्थिक वर्ष २०७९/०८० मा डोल्पाबाट ६ क्वीन्टलको परिमाणमा बहुमूल्य जडिबुटी यार्सागुम्बा निकासी भएको छ ।

भण्डार क्षेत्रको रुपमा रहेको डोल्पाबाट ६ क्वीन्टलको परिमाणमा यार्सागुम्बा जिल्ला बाहिर निकासी भएको शे–फोक्सुडो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय डोल्पाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलिगाडका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार आर्थिक वर्ष ०७९/०८० मा यार्सा सङ्कलकबाट यार्सापाटनमा प्रवेश गरेवापतको शुल्कबाट ८६ लाख ७७ हजार पाँच सय र दुई सय ४० केजी यार्सागुम्बाको छोडपुर्जिबाट ७४ लाख ६३ हजार ४७० गरी एक करोड ६१ लाख ४० हजार ९७० रुपियाँ राजस्व उठेको हो ।

त्यस्तै, गरी डिभिजन वन कार्यालयबाट तीन सय ४३ केजी २५५ ग्राम यार्सागुम्बाको छोडपुर्जि वापत एक करोड ६४ लाख ८९५ रुपियाँ उठेको छ ।

यसैगरी, सेतकचिनि कुटिक पदमचाल गुच्चिच्याउ लगायतका अन्य जडिबुटीको छोडपुर्जिबाट छ लाख ३९ हजार ५५५ गरी कुल एक करोड १२ लाख ८० हजार ४४७ रुपियाँ राजस्व आम्दानी भएको वन अधिकृत महेश कुमाईले जानकारी दिनुभयो । नेपाल सरकारले एक केजी यार्सागुम्बाको राजस्व ३१ हजार रुपियाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here