काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले प्लेयर अफ दी इयरको मनोनयन सार्वजनिक गरेको छ। तीन जनाको सूची सार्वजनिक गर्दा लियोनल मेस्सी ,एर्लिङ हालान्ड र केभिन डी ब्रुएना रहेका छन् ।
खेलाडीलाई प्रतियोगितामा सहभागी क्लबका प्रशिक्षक, युइएफएका सदस्य देशका प्रशिक्षक र युरोपियन खेल पत्रकारहरुले गरेको मतदानका आधारमा अन्तिम मनोनयनमा परेका तीन खेलाडीको नाम सार्वजनिक गरेको जनाएको छ।
आगामी अगस्ट ३१ मा हुने च्याम्पियन्स लिगको समुह चरणको ड्र समारोहमा अन्तिम तीनबाट उत्कृष्ट खेलाडीले बर्षको युरोपको उत्कृष्ट खेलाडीको अवार्ड पाउने युइएफएले बताएको छ ।


















