देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुनः प्रम प्रचण्ड

83
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन भएको बताएका छन्। मुलुकी संहिता दिवस, २०८० को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘‘देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन नै हो। कानुनको सफल कार्यान्वयनमा नै राज्य व्यवस्था सही ढङ्गले सञ्चालन हुन पुग्दछ। नेपालको संविधानले अंगीकार गरेका विभिन्न मूल्य मान्यताहरू तथा प्रत्याभूति गरेका हक अधिकारको कार्यान्वयन गर्न पनि विभिन्न कानुनहरू निर्माण भएर कार्यान्वयनमा रहेका छन्’’, प्रधानमन्त्री प्रचण्डले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here