काठमाडौं । ‘पशुपति प्रसाद २ : भष्मे डन’को फर्स्ट लुक सार्वजनिक भएको छ।
चलचित्रका लेखक तथा निर्माता खगेन्द्र लामिछानेले फेसबुकमा सार्वजनिक गर्दै लेखेका छन्, ‘आज यस्तो संयोग पर्यो, आजभन्दा सात वर्ष अगाडि ठीक आजैको दिनमा पशुपति प्रसादको फर्स्ट लुक सार्वजनिक भएको रैछ।’ पोस्टरमा अभिनेता विपिन कार्की भष्मे अवतारमा देखिएका छन्। यो विपिनको पुरानै अवतार हो। स्वस्तिमा खड्का देवी अवतारमा देखिकी छन् भने सौगात मल्ल जोगीको भेषमा देखिएका छन्।
यस चलचित्र ७ वर्षअघि निर्माण भएको ‘पशुपतिप्रसाद’को सिक्वेल हो। चलचित्रमा भष्मे डनको चरित्रलाई दर्शकले रुचाएका थिए। चलचित्र आगामी दसैंको फूलपातीमा रिलिज हुनेछ। चलचित्रमा विपीन, सौगात र स्वस्तिमासँगै प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर र वर्षा शिवाकोटी लगायतका कलाकारको भूमिका छ।
चलचित्रको निर्देशन दीपेन्द्र के खनालले गरेका छन्।


















