राप्तीका मेयरको छड्के बुद्धशान्तीमा गुणस्तरहिन खाजा, आपपानीका प्रधानाध्यापकनै कारवाहिमा

36

काठमाडाैं । राप्ती २ को बुद्धशान्ती माविले दिदै आएको दिवा खाजा गुणस्तरि हिन भेटिएको छ ।

विद्यालयमा नियमति दिदै आएको दिवा खाजामा विद्यालयकै विद्यार्थीले विरोध गर्न थालेपछि नगर प्रमुख शमशेर लामा सहितको टोलिले मंगलवार अनुगमन गरेको हो । नगर प्रमुख शमशेर लामाले आफै पुगेर अनुगमन गर्दा सम्म खाजाको गुणस्तर र परिणाममा समस्या देखिएको बताए ।

उनले आफुहरु पुग्दा विद्यालयमा खाजा वाड्दा दहि भन्दै माहि र एकमुठ्ठि खाजा दिइएको बताए । उनले संघिय सरकारले १५ र नगरपालिकाले थप ५ गरी २० रुपैया खाजा दिदै आइरहेको छ । तर विद्यालयमा खाजा दिने कुरामा हेल्चेक्राइ भएको बताए ।

उनले विद्यालयले क्यान्टिनलाइ जिम्मेवारी दिएको कारण यस्तो हुन सक्ने भन्दै अवका दिन देखि विद्यालयले खाजा बनाएर खुवाउनु पर्ने बताए । अवका दिन फेरी यस किसिमको समस्या देखिएमा आवश्यक थप कारवाहि गरिने प्रमुख लामाले बताए । विद्यालयमा प्रधानाध्यापक नमराज अधिकारीका अनुसार विद्यालयले खाजा नबनाएको र यसको जिम्मेवारी क्यान्टिन सञ्चालनकलाइ दिएको भन्दै अवका दिनमा ध्यान दिने बताए । यसरी क्यान्टिनले हेलच्याक्राइ गर्ला जस्तो लागेको थिएन तर यो किसिमको गतिविधिको लागी विद्यालय सुध्रने अधिकारीले बताए । केहि समय अगाडी राप्तीका सवै सामुदायिक विद्यालयमा दिवा खाजामा एक रुपता गर्ने निर्णय गरेको छ ।

राप्ती नगरपालिका वडा नं ११ मा रहेको आधारभुत विद्यालय आपँपानीमा एकै दिन पाँच शिक्षकको हाजिरी काटिएको छ । विद्यालयमा उपस्थिती भएका तर हाजिर गर्ने कुरामा हेलचेक्राइ गरिएको पाइए पनि राप्ती नगर प्रमुख शमशेर लामाको रोहवरमा शिक्षा अधिकृत रविना देउजाले हाजिर काटिइ दिइन हुन । विद्यालयका प्रधानाध्यापक गोपिराज घलानकै हाजिर काटिएको अधिकृत देउजाले बताइन । उहासंगै वाकि ४ जना शिक्षकको हाजिर काटिएको छ ।

विद्यालय अस्तव्यस्त भएको, शिक्षक कक्षामा उपस्थिती नहुने लगायतको समस्या देखिएको देउजाले बताइन । अनुगमनमा राप्ती नगरस्तरिय शिक्षा समिती सदस्य विपि लामा, आरके पण्डित, दुर्गा बहादुर बस्नेत सहभागि हुनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here