वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी हुने क्रम बढ्दै

33

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी हुने क्रम बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले यस बारेमा नागरिकहरु सचेत हुनुपर्ने बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पार्सल तथा डलर पठाइ कर बापतको रकम जम्मा गर्न लगाइ ठगी गर्ने क्रम पनि बढेको बताउनुभयो । उहाँले सबैभन्दा धेरै उजुरी र निवेदन वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी गरिएको जानकारी दिनुभयो । प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले बैंक खातामा अनधिकृत पहुँच पुर्‍याइ रकम ठगी गर्ने क्रम बढेको भन्दै सचेत गराउनुभयो ।

‘‘गत वर्षको माघदेखि यस वर्षको असारको मसान्तसम्म हामीले आठ हजार ९२३ वटा मुद्दा दर्ता गरेका रहेछौँ । एक नम्बरमा बैंकिङ कसुर, अभद्र व्यवहार, यस्ता मुद्दामा पाँच हजार ९४० जना हामीले पक्राउ गरेर कानसनी दायरामा ल्याइसकेको अवस्था छ । साइबर शाखा तिरबाट हेर्ने हो भने ३३२ वटा निवेदन प्राप्त भएका रहेछन् ।,’’ प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले भन्नुभयो, ‘‘रकमतर्फ हामीले हेर्ने हो भने पाँच करोड ४१ लाखभन्दा बढीको रकम तलमाथि भएको रहेछ, यसभित्र पार्सल तथा डलर पठाइ कर बापतको रकम जम्मा गर्न लगाइ ठगी गरेको, वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर सबैभन्दा धेरै समस्या अहिले उक त यसै बेरोजगार छन्, बेरोजगार भएको अवस्थामा वैदेशिक रोजगारमा पठाउँछु भनेर ठगी गर्नेहरुको सङ्ख्या पनि ठूलो छ । बैंक खातामा अनधिकृत पहुँच पुर्‍याइ रकम ठगी गर्ने क्रम बढेको छ ।’’

उहाँले मोबाइल चोरीको निवेदन पछिल्लो समय बढ्दै गइरहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here