कोशी प्रदेशमा सघाउने विषयमा सहमति भएकाे छैन : राजेन्द्र लिङ्देन

38
sf7df8f}F, !@ ebf}F M cWoIf lnªb]g o"PO{ / ;fpbL c/asf] e|d0f u/]/ cfh :jb]z kmls{g'ePsf /fli6«o k|hftGq kf6L{ -/fk|kf_ sf cWoIf Pj+ k"j{pkk|wfgdGqL /fh]G›k|;fb lnªb]g;Fu lqe'jg cGt/f{li6«o ljdfg:yndf s'/f ub}{ ;~rf/sdL{ . tl:a/ M ljdnaxfb'/ lji6÷/f;;

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनसँग कोशी प्रदेशमा सघाउने विषयमा कुनै सहमति नभएको जनाएका छन्।

गठबन्धनसँग मिलेर संघीय संसद्को समितिमा सभापति पाए पनि कोशी प्रदेशमा सभामुख र मन्त्री लिएर गठबन्धनलाई सघाउने भन्ने कुनै सहमति नभएको लिङ्देनको भनाइ छ।

‘हामीले संसदीय समितिको नेतृत्व लिइरहँदा कुनै पनि प्रकारको लेनदेनको सहमति भएको छैन,’ लिङ्देनले भने।

साउदी अरबको भ्रमणबाट मंगलबार स्वदेश फर्किएका लिङ्देनले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोशीमा आफूहरुले मुख्यमन्त्री नै अस्वीकार गरेको दाबी गरे। लिङ्देनले आफूहरुले चाहेको खण्डमा मुख्यमन्त्री नै पाउन सक्ने दाबी गरे।

राप्रपाले चाहेर पनि अब कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने चरण नै समाप्त भइसकेको लिङ्देनको भनाइ छ। कोशी प्रदेशमा राप्रपाले सभामुख मागिराख्न नपर्ने लिङ्देनले दाबी गरे।

पहिलेको गठबन्धनका बेला नै कोशी र बागमती प्रदेशमा आफूहरुको पार्टीको भागमा सभामुख पद परे पनि नलिएको लिङ्देनले दाबी गरे। सभामुख लिँदा त्यहाँको संसदीय गणितमा राप्रपाको कुनै पनि भूमिका नहुने देखिएपछि सभामुख नलिइएको लिङ्देनले जनाए।

अहिले कोशी प्रदेशमा सभामुख फालाफाल अवस्थामा रहेको लिङ्देनले टिप्पणी गरे। ‘सभामुख लिनका लागि कसैसँग सौदा गर्नै पर्दैन, कुनै सर्त राख्नै पर्दैन। सभामुख र मन्त्री हाम्रालागि त्यहाँ प्राथमिकताको विषय होइन,’ लिङ्देनले भने, ‘हामीले अहिले चाह्यौं भने सत्तापक्षीय गठबन्धनबाट मुख्यमन्त्री नै प्राप्त हुन सक्ने गणितीय अवस्था छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here