बन्यजन्तुले कृषिबालीमा क्षति पुर्याए दस हजार सम्मको राहतको व्यवस्था

46

पाल्पा। पाल्पाको माथागढी गाउँपालिकाले बन्यजन्तुले खेतीबालीमा क्षति पुर्याए मुल्याङ्कन बमोजिम दस हजार सम्मको राहत उपलब्ध गराउने व्यवस्था गरेको छ।

गाउँपालिकाले बन्यजन्तु अन्तर्गत बँदेल र बाँदरका कारण कृषको खेतीबालीमा क्षति पुर्याए बन्यजन्तु क्षति राहत वितरण निर्देशिका -२०८० अनुसार राहत रकम उपलब्ध गराउने व्यवस्था गरेको हो।गाउँपालिकाले हिजो एक सुचना मार्फत कृषकहरुलाइ नोक्सान भएको स्थानको फोटो,घटनाको सर्जमिन मुचुल्का ,गाउँपालिका कृषि प्राबिधिकको मुल्याङ्कन फारम,जग्गाधनीको प्रमाणपत्र पुर्जा,बालीको बिमा गरेको भएको बिमा लेख नम्बर सहित निवेदन सव-डिभिजन वनकार्यालय माथागढी झडेवा वा डिभिजन वन कार्यालय तानसेन पाल्पामा पेस गरि क्षतिपूर्तिको सुविधा लिन आग्रह गरेको छ।साथै आवश्यक सहजीकरण गर्नु परेमा गाउँपालिकाको कृषि विकास शाखामा सम्पर्क गर्न सकिने शाखा प्रमुख गौतम थापाले बताउनु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here