चीन भ्रमणमा जानेले अनिवार्य कोरोना परीक्षण गर्न नपर्ने

35
Health workers wait for people to scan a health code to test for the Covid-19 coronavirus in the Jing'an district in Shanghai, on Dec.22, 2022.

एजेन्सी । चीन जाने पर्यटकका लागि बुधबार (३० अगस्ट) देखि कोरोना परीक्षण अनिवार्य नहुने भएको छ। चीन भ्रमणमा जाने पर्यटकहरूका लागि न्युक्लिक एसिड परीक्षण र एन्टिजेन परीक्षण गर्नु पर्ने व्यवस्था हटाउन लागिएको हो।

सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले अगस्ट ३० बाट चीन जाने कोही पनि व्यक्तिले एन्टिजेन परीक्षण गर्नैपर्ने बाध्यता हटाउने बताए। सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरस (कोभिड १९) संक्रमण देखा परेको थियो। चीनपछि विस्तारै विश्वभर नै कोरोना भाइरसको संक्रमण फैलिँदा लाखौँ मानिसहरुको निधन भएको थियो भने अर्बौं मानिसहरु संक्रमित भएका थिए।

nimb

२०१९ देखि हालसम्म पनि कोरोना भाइरस अधिकांश मुलुकहरुमा अहिले पनि देखा पर्दै आइरहेको छ।

कोरोना देखिएपछि चीनले सुरुमा बाह्य देशबाट यात्रुहरूलाई आफ्नो देशमा भित्रिन रोकेको थियो। अवस्था सामान्य हुँदै गएपछि अवागमन खुकुलो बनाउँदै गएको चीनले कोरोना परीक्षण भने हालसम्म अनिवार्य गर्नुपर्ने प्रावधान कायमै राखेको थियो। अब भने उक्त प्रावधान हटाउन लागिएको सोमबार पत्रकार सम्मेलनमा प्रवक्ता यीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here