यति धेरै मतपत्र किन बदर भए ?

176

काठमाडौं / मतदाता शिक्षाको कमी र चुनावी तालमेलबारे दलहरूले आफ्ना कार्यकर्तालाई बुझाउन नसक्दा स्थानीय तह निर्वाचनमा धेरै संख्यामा मत बदर भएका छन् । एउटै पदमा उठेका दुईभन्दा बढी उम्मेदवारलाई मत संकेत गरिएका, दुई लहरमा पूरै छाप लगाइएका र एउटै चुनाव चिह्नमा धेरैपटक छाप लगाइएका मतपत्रहरू अत्यधिक संख्यामा भेटिएको मतगणनामा सहभागी अधिकारीहरूले जनाएका छन् । निर्वाचन आयोगले मतदाता शिक्षाबारे मतदातालाई जानकारी नगराउँदा र दलहरूले तालमेलबारे मतदातालाई बुझाउन नसक्दा ठूलो संख्यामा मत बदर भएको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here