ज्येष्ठ नागरिकमाथि हिंसा वृद्धि

62

गोदावरी । पछिल्लो समय विभिन्न किसिमका घरेलु हिंसा बढ्नुसँंगै ज्येष्ठ नागरिकमाथि हुने हिंसामा पनि वृद्धि भएको पाइएको छ ।

यस सन्दर्भमा संयुक्त राष्ट्रसंघलगायतले खेलेको भूमिका वर्तमान अवस्थामा सान्दर्भिक र महत्वपूर्ण नै छ। हरेक राष्ट्रको पहिलो प्राथमिकता आफ्ना नागरिकको सुरक्षा हुनुपर्नेमा त्यसो नगरी ज्येष्ठ नागरिकको समस्याप्रति कुनै चासो नै नलिने र उनीहरूलाई बेवास्ता गर्ने गरेको पाइन्छ । तर, गोदावरी नगरपालिका वडा नम्बर तिनका वडाध्यक्ष सानुराजा घिमिरेले भने ज्येष्ठ नागरिकहरुलाई सेवा, सुविधाका साथै सम्मान गर्दै आउनुभएको छ । सोमबार गोदावरी नगरपालिका वडा नम्बर तिनकाको आयोजना तथा मामाघर आश्रामका बालयोगेश्वर स्वामी विजयमुर्ती महाराजको विशेष सहयोगमा वृहत ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा जेष्ठ नागरिकहरुको सामान्य स्वास्थ्य परिक्षण तथा नि शुल्क औषधी वितरण गरिएको थियो ।

यस्तै गोदावरी वडा नम्बर तिन भित्र रहुभएका ४६० भन्दा बढी जेष्ठ नागरिकहरुलाई वडाध्यक्ष घिमिरे र श्री स्वामी विजयमुर्ती महाराजले दोसल्ला ओडाएर सम्मान गर्नुका साथै पोषणयुक्त खानेकुरा प्रदान गर्नुभएको थियो । यस्तै, जेष्ठ नागरिकहरुका लागि आजको कार्यत्रमmमा आउने जाने व्यवस्था समेत गरिएको थियो । कार्यक्रममा श्री स्वामी विजयमुर्ती महाराजले वडाले बिशेष गरी वडाध्यक्ष घिमिरेले गर्दै आउनुभएको कामलाई प्रशंशा गर्दै ज्येष्ठ नागरिकहरुको सम्मान गर्न पाउँदा अत्यन्त खुशि व्यक्त गर्नुभयो । साथै, उहाँले आगामी दिनमा वडामा रहेका ज्येष्ठ नागरिकहरुको नि शुल्क स्वास्थ्य बिमाका साथै केही समयमा नै ज्येष्ठ नागरिकहरुलाई वडाको सहकार्यमा तिर्थाटन भ्रमण लाने उद्घोष गर्नुभयो ।

वडाध्यक्ष घिमिरे जेष्ठ नागरिक, महिला, धार्मिक तथा सास्कृतिक, पर्यावरण लगायत क्षेत्रमा संवेदनशिल भएकाले आफुले पनि केही धार्मिक, सांस्कृतिक एवं आध्यात्मीक काममा जोडिएर काम गर्ने इच्छा भएकाले गोदावरी कुण्डामा हरिद्धार, बनारस, कासी, पशुपतिमा जस्तै दैनिक आरतीको परियोजनाको सुरुवात वडाले गरिरहेको जानकारी दिनुभयो । हरेक व्यक्ति जीवनमा एकपटक जेष्ठ नागरिक हुने बताउँदै उहाँले ज्येष्ठ नागरिकको सम्मानमा आफु कहिल्यै पछि नपर्ने उल्लेख गर्नुभया । वर्तमान अवस्थामा रोग र उमेरका कारण भोग्नुपरेको दोहोरो मार बुझेर ज्येष्ठ नागरिकप्रति उच्च सम्मान गर्दै उनीहरूले जीवनभर आर्जन गरेको अनुभवजन्य ज्ञान र सीप वर्तमान तथा भावी पुस्ताका लागि उपयोग गर्नुपर्नेमा वडाध्यक्ष घिमिरेको जोड छ ।

जेष्ठ नागरिकको सहयोगका लागि वडाले टोल टोलमा बृद्धा भक्ता वितरण, स्वास्थ्य परिक्षणका साथै तीन तीन महिनामा स्वास्थ्य परिक्षण र औषधी वितरण गर्ने गरेको उहाँले बताउनुभयो । यसैगरी, सुत्केरीहरुलाई सुत्केरी खुराक वितरण गर्दै आएको बताउँदै वडाध्यक्ष घिमिरेले आगामी दिनमा जेष्ठ नागरिक, दलित, जनजाति, विपन्न महिलाहरुका लागि नि शुल्क स्वास्थ्य विमा गर्ने पनि उद्घोष गर्नुभयो । वडाले गरेको सम्मान भनेको नै सरकारले गरेको सम्मान भएको बताउँदै वडाध्यक्ष घिमिरेले आगामी दिनमा कुनै पनि आमा बुबाले आर्थिक अभावकै कारण मृत्युको मुखसम्म पुग्न नपरोस् भनी आफु निरन्तर उहाँहरुको सेवाप्रति नै अग्रसर रहेको बताउनुभयो ।

बढ्दो वैज्ञानिकीकरणले आफ्नै सन्तानबाट जेष्ठ नागरिकहरु पीडित हुने गरेको यथार्थ राख्दै उहाँले बृद्धबृद्धाको सम्मानले मात्र हाम्रो धर्म परम्परा जिवित रहने बताउनुभयो । आफ्नो वडा अत्यन्तै ऐतिहासिक, धार्मिक एवं पर्यटकीय हिसाबले पवित्र रहेकाले आगामी दिनमा गोदावरी वडा नम्बर तीनलाई कसैले कल्पना नै नगरेको वडा बनाउने वडाध्यक्षे घिमिरेले घोषणा गर्नुभयो । आफ्नो स्थानमा हुनुभएका सम्पूर्ण जेष्ठ नागरिक ,जेष्ठ बुबा आमाहरुको ज्ञान ,अनुभव र इतिहासको उच्च सम्मान गर्दै कार्यक्रम गरेको वडाध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here