नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

44

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेन र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ।

अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन शुक्रबार काठमाडौं आइपुगेका हुन्। मन्त्री साउद र सिनेटर होलेनबीच दुई देशको हितका विषयमा छलफल भएको  परराष्ट्र मन्त्रालयले बताएको छ।

सिनेटर होलेनले काठमाडौं रहँदा अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने नेपालस्थित अमेरिकी राजदूतावासले बताएको छ।

साथै, नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि पनि प्रकाश पार्ने राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here