एसिया कपमा भारतविरुद्ध नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमाए

22

काठमाडौं । एसिया कपमा नेपालले टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो  सुरुवात गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका छन् । नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमाएको छ ।

कुशल २५ बलमा ३८ रन बनाएर आउट भएका छन् । ९.५ ओभरको खेल सकिँदा नेपालले एक विकेट गुमाएर ६५ रन जोडेको छ । ओपनर आसिफ शेख २२ रनका साथ क्रिजमा छन् भने उनलाई साथ दिन भीम सार्की आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here