वर्षाका कारण नेपाल-भारतबीचको एसिया कप पुनः रोकियो

24
काठमाडौं । श्रीलंकाको क्यान्डीमा भइरहेको एसीसी एसिया कपमा नेपाल र भारतबीचको खेल वर्षाका कारण पुनः  रोकिएको छ।

पहिलो इनिङमा ब्याटिङ गरेको नेपाल दोस्रो इनिङमा बलिङ गरिरहेको छ। दोस्रो इनिङको  २.१ ओभर चलिरहँदा वर्षा भएपछि खेल अवरुद्ध भएको छ।

भारतका कप्तान रोहित शर्मा र सुभमन गिल क्रिजमा रहेका छन्। रोहितले ४ रन बनाएका छन् भने गिलले १२ रन बनाएका छन्। एक रन भने पहिलो ओभरको पहिलो बल वाइड हुँदा भारतलाई प्राप्त भएको हो।

पहिलो इनिङमा टस हारेर ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० रन बनाएको थियो। सुरुवातमा आक्रामक देखिएको नेपाल मध्यक्रममा सुस्ताएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here