साफ यू-१६ च्याम्पियनसिपकाे पहिलो खेलमै नेपाल बंगलादेशसँग स्तब्ध

45

काठमाडौं- भुटानमा जारी साफ च्याम्पियनसिपमा नेपाल आफ्नो पहिलो खेलमै बंगलादेशसँग पराजित भएको छ। समूह ‘ए’ अन्तर्गत सोमबार साँझ भएको खेलमा नेपाल बंगलादेशसँग १-० ले पराजित भएसँगै सेमिफाइनल सम्भावना कमजोर भएको हो।

साफ यू-१६ च्याम्पियनसिपको समूह ‘ए’ मा नेपाल, भारत र बंगलादेश रहेका छन्। समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन्। पहिलो खेलमा बंगलादेश भारतसँग पराजित भएको थियो। तर दोस्रो खेलमा नेपाललाई पराजित गरेसँगै बंगलादेशले सेमिफाइनल सम्भावना कायम राख्यो।

भुटानको चाङलिमिथाङ्ग रङ्गशालामा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी भएको थियो। तर बंगलादेशले दोस्रो हाफको सुरुवातमानै अग्रता लियो। ४७ औं मिनेटमा बंगलादेशका लागि इस्माइली होसेइनले गरेको एकमात्र गोल निर्णायक बन्यो।

अब नेपालले बुधबार भारतसँग प्रतिस्पर्धा गर्ने छ। सेमिफाइनल प्रवेशका लागि नेपालले भारतलाई पराजित गर्नै पर्ने चुनौती बनेको छ। भारतसँग पराजित भए नेपाल समूहचरणबाटै बाहिरिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here