संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

80

काठमाडौं । संघीय संसदअन्तर्गत सोमबार दुवै सदनको बैठक बस्दैछ। दुवै सदनको बैठक आज दिउँसो १ बजे बस्नेछ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरू सोधिने र तिनको जवाफ दिइने कार्यतालिका छ।

सभामुख देवराज घिमिरेले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, राष्ट्रियसभा बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here