युएस ओपन टेनिसमा कार्लोस अल्कारेज सेमिफाइनल प्रवेश

11
NEW YORK, NEW YORK - SEPTEMBER 06: Carlos Alcaraz of Spain walks onto the court for his match against Alexander Zverev of Germany during their Men's Singles Quarterfinal match on Day Ten of the 2023 US Open at the USTA Billie Jean King National Tennis Center on September 06, 2023 in the Flushing neighborhood of the Queens borough of New York City. Elsa/Getty Images/AFP (Photo by ELSA / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

एजेन्सी  । साविक विजेता स्पेनिस स्टार कार्लोस अल्कारेज युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।

बिहीबार बिहान भएको खेलमा अल्कारेजले जर्मनका अलेक्सजेन्डर ज्वेरेभलाई ३–० को सोझो सेटमा हराउनुभयो । अल्कारेजले अलेक्सजेन्डरमाथि ६–३, ६–२, ६–४ को जित निकाल्नुभयो । सेमिफाइनलमा अल्कारेजले रसियन स्टार डानियल मेदभेदेवसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।

मेदभेदेवले क्वार्टरफाइनलमा आफ्नै देशका आन्द्रे रुबलभलाई ३–० को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाउनुभएको हो । उहाँले ६–४, ६–३, ६–४ को जित निकाल्नुभएको थियो । अर्को सेमिफाइनलमा सर्वियाका स्टार नोभाक जोकोभिच र अमेरिकाका बेन सेल्टनबिच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी महिलातर्फ बेलारुसकी स्टार अर्याना साबालेन्का सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । बिहीबार बिहान भएको खेलमा साबालेन्काले चीनकी किनवेन झेङलाई २–० को सोझो सेटमा हराउनुभयो । उहाँले ६–१, ६–४ को जित निकाल्नुभयो ।

साबालेन्काले सेमिफाइनलमा अमेरिकी स्टार म्याडिसन किजसँग प्रतिस्पर्धा गर्नुहुनेछ । किजले चेक गणतन्त्रककी मार्केटा भोनड्राउसोवालाई ६–१, ६–४ ले हराउँदै अन्तिम चारमा स्थान बनाउनुभएको हो । अर्को सेमिफाइनलमा अमेरिकाकी कोको गौफले चेक गणतन्त्रकी कारोलिना मुचोवासँग प्रतिस्पर्धा गर्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here