काठमाडौं, ८ असोज । कञ्चनपुरकी निर्मला पन्तको हत्यापछि प्रदेश ७ का विभिन्न स्थानमा बलात्कारका २८ वटा घटना भएका छन् । यस प्रदेशमा साउनमा १० र भदौमा १७ वटा बलात्कारका घटना भएको प्रदेश ७ प्रहरी कार्यालयको तथ्यांक छ ।
असोज ४ मा भएको बलात्कारका घटनासमेत यस प्रदेशमा साउन यता बलात्कारका २७ घटना भएका हुन् ।
प्रदेश ७ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरज केसीका अनुसार अधिकांश बलात्कार घटनाका आरोपित प्रहरी नियन्त्रणमा आएका छन् । निर्मलाका हत्यारा पहिचान र पक्राउ गर्न भने प्रहरी असफल भएको छ । निर्मला बलात्कार र हत्या विषयमा ‘अनुसन्धान भइरहेको छ’ भन्ने रेडिमेड जवाफबाहेक प्रहरीसँग अर्को उत्तर छैन । –नागरिक दैनिकबाट












![शिक्षामन्त्री श्रेष्ठ विरुद्ध रुपा सुनारबाट उजुरी दर्ता [उजुरी सहित]](https://swaviman.com/wp-content/uploads/2021/07/1625391127_Rupa-Sunar-Supreme-Court-218x150.jpg)





