काठमाडौंकाे एसपीमा राजु

206

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरीका विवादित प्रमुख (एसपी) धनपति सापकोटालाई हटाएको छ ।

मेयर बालेन्द्र शाह ‘बालेन’ले नगरप्रहरी प्रमुखबाट प्रहरी उपरीक्षक (एसपी) सापकोटालाई हटाएका हुन् । मेयर शाहले एसपी राजु पाण्डेलाई जिम्मेवारी दिएका छन् ।

काठमाडौं महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक(एसपी) छन् । जसमध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको मेयर बालेनको सचिवालयले जानकारी दिएको छ ।

नगरप्रहरी प्रमुख पाण्डेले आफूलाई दिएको जिम्मेवारी कर्तव्यनिष्ठ भएर पालाना गर्ने जनाएका छन् ।

यसअघि नगर प्रहरी प्रमुख रहेका सापकोटालाई मेयर शाहले प्रशासनतर्फ खटाएका छन् ।

लामो समयदेखि धनपति सापकोटा काठमाडौं महानगरको प्रहरी प्रमुख थिए । उनले धेरै व्यक्तिलाई दुःख दिएर हैरान बनाएका थिए ।  मेयर शाहले सापकोटालाई नगर प्रहरीको प्रमुखबाट हटाएर ठूलो राहतको काम गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here