कतै तपाईंलाई मोबाइलको लत त छैन ?

57

काठमाडाैं प्रविधिको विकाससँगै मोबाइल प्रयोगकर्ताहरू पनि बढिरहेका छन् । सेवादेखि सम्बन्धको पुलसम्म पनि मोबाइलको भूमिका छ ।

अब मोबाइल र जीवन एक अर्काका पर्यायवाची जस्तै लाग्न थालेका छन् । तर, कसैलाई मोबाइलको लत लागेको छ भनेर कसरी थाहा पाउने ? के कुनै फोन प्रयोग गर्नुको पनि सीमा हुन सक्छ ? यस्ता धेरै प्रश्नको जवाफ एप्पल फोनको अपडेटेड भर्सनबाट थाहा हुन्छ ।

यसका लागि दुई यस्ता व्यक्तिलाई छानियो, जसले फोनको उपयोग बढीभन्दा बढी गर्थे । या यसो पनि भन्न सकिन्छ, उनीहरुलाई फोनको लत लागेको थियो । यसका लागि एक १२ बर्षीया किशोरी लिली र सेलन जोन्स नामका अर्का एक युवालाई चुनियो ।

युवा प्रयोगकर्ताका अनुसार आफू फोनको लती भएको बताए । ‘यो मलाई पहिलेदेखि नै थाहा छ’ उनले भने– ‘यद्यपि मैले आफ्नो साथीको १२ बर्षीया छोरीसँग यो प्रयोग गरेँ ।’ तर, यसकै लागि एप्पलले एउटा आउँदो सेप्टेम्बरदेखि एप्पल सफ्टवेयर डेभलपर प्रोग्राममा साइन–इन गरेपछि नयाँ मोबाइल अपरेटिङ सिस्टम आइओएस १२ इन्स्टल गर्न सकिनेछ । जहाँ एक ‘स्क्रिनटाइम’ नामको एक नयाँ फिचर हुनेछ । जसको सहायताले आइफोनको प्रयोग कुन तरिकाले हुँदैछ भन्ने थाहा लाग्नेछ ।

साथै उक्त फिचरले एउटा निश्चित सीमा पनि निर्धारण गर्नेछ । यद्यपि यो सुविधा एन्ड्रोइड फोनमा पहिलेदेखि नै छ । रोरी सेलन जोन्स भन्छन्– ‘ट्रायल भर्सनलाई इन्स्टल गरेको केही घण्टापछि आफूले कति समय फोनको प्रयोग भएको भन्ने थाहा पाएको छु ।’

बिहानदेखि बेलुकीसम्म फोन

जोन्स भन्छन्– ‘अब मेरो केही समय कुनै गम्भीर काममा बित्छ । जस्तो कि, म आफ्नो मेल चेक गर्छु । मोबाइलमै समाचार पढ्छु । तर, एक दिन अन्य दिनको तुलना गर्दागर्दै मेरो धेरैजसो गतिविधिहरु मोबाइलमा हाबी भएको छ ।’

प्रयोगको फाइदा

लिलिका अनुसार उनलाई फेसबुकमा फोटो शेयर गर्न एकदमै मन पर्छ । त्यसो त यसमा विभिन्न चीज छन् । तर, उनलाई आफू स्वयंलाई हेर्न धेरै मन पर्छ । उनी भन्छिन्– ‘छ बजेदेखि सुरु गर्छु । र पूरै दिन यसमै बिताउँछु ।’ यद्यपि यो कुरा सेलन जोन्सको फोन प्रयोगको तुलनामा केही पनि होइन । ‘जसै म लिलिलाई आफ्नो रिजल्ट देखाउँछु, उनी भन्छिन्– तपाईं धेरै नै फोन प्रयोग गर्नुहुन्छ ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here