लुटपाट गर्ने १ भारतीयसहित ६ जना पक्राउ

31
a/fdb ePsf] ;fdu|L ;fj{hlgs df]/ª, @$ ebf} M ;fbf kf]zfsdf vl6Psf k|x/Lsf] xltof/ Pjd ;j{;fwf/0f hgtfnfO{ af6f]df 9'sL n'6kf6 ug]{ Ps ef/tLo;lxt 5 hgfnfO{ k|x/Ln] kqmfp a/fdb ePsf] ;fdu|Lx? cfOtaf/ lhNnf k|x/L sfof{no df]/ªdf kqsf/ ;Dd]ngsf] cfof]hgf u/L ;fj{hlgs ub}{ . tl:a/ M dgf]h bfxfn÷/f;;

मोरङ । सादा पोशाकमा खटिएका प्रहरीको हतियार एवं सर्वसाधारण जनतालाई बाटोमा ढुकी लुटपाट गर्ने एक भारतीय सहित ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा यसरी पक्राउ पर्नेहरुमा सुनसरी जिल्ला दुहवी नगरपालिका-४ का ३२ वर्षिय नसुदिन मियाँ, सोही नगरपालिका-१ वस्ने ३० वर्षिय मो अलिम मुर्तुजा, भारत घर भई सुनसरीको दुहवी नगरपालिका-६ वस्ने ४० वर्षीय मो आलम, मोरङको वुढीगंगा गाउँपालिकाका-४ वस्ने ४० वर्षिय रिजवन मियाँ, सोही गाउँपालिका-५ का २१ वर्षिय नजरुल मियाँ र सोही वडा बस्ने २५ वर्षिय सिजाम आलम (सिजाम मोवाईल सेन्टरका सञ्चालक) रहेका छन्।

निजहरुलाई मोरङको वुढीगंगा कोयलपुर क्षेत्रको नहरको सडकमा यही भदौ २२ गते रातिको ११ बजे शंकास्पद रुपमा हिडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए।

निजहरुले लुकाइ छिपाइ रहेको सामानहरुमा प्रहरीबाट लुटिएको चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान, रड ३ थान, धारिलो हतियार चक्कु २ थान, पेचकस १ थान, १ लाख ७५ हजार २७५ र भारतीय रुपैया ११ हजार ६००, सुनजस्तो देखिने गहना तिलहरि १ थान, झुम्का २ जोर, चाँदीको जस्तो देखिने ३ लहरे सिक्री १ थान, पाउजु १ जोर, विभिन्न विदेशी रुपैया र नेपाली र भारतीय नम्बरको मोटरसाईकल २ थान रहेको छन् ।

निजहरुले मोरङ र सुनसरीका एकान्त क्षेत्रमा रातीको ११ बजेदेखि विहानको ४ बजेसम्म दैनिक रुपमा लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ।

निजहरुले हालसम्म ११ स्थानमा लुटपाट गरेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। निजहरुलाई डाँका, हातहतियार र संगठीत अपराधमा मुद्दा चलाउने प्रहरीले जनाएको छ।

निजहरुलाई पक्राउ गर्न सफल भएका १० जना प्रहरी सदस्यहरुलाई आगामी दिनमा पुरस्कृत गर्ने सोही अवसरमा जानकारी दिए। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here